यी हुन् एमालेबाट दैलेखका पालिका उम्मेदवार

सुर्खेत । नेकपा एमालेले ११ वटा स्थानीय तह रहेको दैलेखमा ९ वटा पालिकामा उम्मेदवारको टुंङ्गो लगाएको छ । यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि उम्मेदवार टुंगाएको हो ।

दुईदिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकले बाँकी दुई पालिकाआठबीस नगरपालिका र भैरबी गाउँपालिकामा भने उम्मेदवार टुंगो लाग्न सकेको छैन । यी दुईवटै पालिकाका आकांक्षीलाई टिकटका लागि पार्टी केन्द्रीय कार्यालयमा निणयार्थ पठाइएको एमाले जनाएको छ ।

तपाईको प्रतिक्रिया