कर्णालीमा सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा

सुर्खेत । ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने मुल नाराका साथ विश्व औलो दिवसका अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरेन्द्रनगरमा सोमबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको कार्याक्रम सम्पन्न भएको हो । कार्यक्रममा सरकारले अपनाएको औलो नियन्त्रण रणनीति अनुसार नेपाल तथा कर्णालीमा औलोको अवस्था र नियन्त्रण तथा उपचारमा स्वास्थ सेवा निर्देशनालयले गरेको प्रयास र प्रगतिका बारेमा जानकारी गराईएको थियो ।

सन् २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलो मुक्त बनाउँने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य अनुसार कार्यालयले काम गरिरहेको जनाईएको छ ।

नेपालमा औलोका बिरामी प्राय भारतबाट आउने नागरिकमा देखा पर्ने गरेको निर्देशनालयका प्रमुख श्याम आचार्यले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखा परेको आचार्यले बताए ।

कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी रहेका छन् ।

यस्तै, हुम्लामा ५, मुगुमा ६, कालिकोटमा ३, दैलेखमा १, सल्यानमा २ र रुकुम पश्चिममा १ जना औलोका बिरामी रहेका कार्यालयले जनाएको छ । जाजरकोट, जुम्ला र सल्यानमा भने औला बिरामी नरहेको कार्यालयको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया