कांग्रेसबाट वीरेन्द्रनगरको मेयरमा खड्का उम्मेदवार

सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का उम्मेदवार बनेका छन् । सोमबार बसेको पार्टीको बैठकले मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको हो ।

कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको थियो । अन्तिममा खड्काको नाम मेयरका लागि पार्टीले उम्मेदवार बनाएको हो ।

यस्तै, उप–मेयरमा रामकुमारी थापाको नाम टुङ्गाएको हो ।

हाल मेयर खड्का र उप–मेयर थापा उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन कार्यालयमा गएका छन् ।

तपाईको प्रतिक्रिया