स्थानीय तह निर्वाचन–२०७९

डाेल्पाबाट एमालेकाे विजयी शुरुवात, शे-फोक्सुन्डोमा अध्यक्षसहित ६ वडाअध्यक्ष निर्विरोध

सुर्खेत । डोल्पा जिल्लाको शे-फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष धावासम्डुक लामा विजयी भएका छन् ।  अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विराेध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन्  ।

एमाले कर्णाली प्रदेशका अनुसार गाउँपलिकाकाे १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ, ७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, अन्य स्दस्यहरु निर्विरोध निर्वाचित भएका छन् । एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले उक्त ठाउँमा अन्य कुनै पनि राजनीतिक दल नभएकोले उनीहरू सर्वसम्मत नै निर्वाचित भएको नेपालीरैबारलाई जानकारी दिए । शाहले उनीहरु बाहेयक अन्यको उम्मेदवारी पनि नपरेपछि निर्वाचन समितिले सर्वसम्मत निर्वाचित घोषणा गरेको शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया