सुउवा संघका निर्वाचित पदाधिकारीलाई दियो क्रेडिट बैंकले बधाई तथा शुभकामना

सुर्खेत । नेपाल क्रेडिट एन्ड कर्म्स बैंक लिमिटेड वीरेन्द्रनगरले सुर्खेत उद्योग वाणिज्य संघ १३ औ अधिवेशनबाट नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ ।

मंगलबार एक कार्यक्रम गर्दै बैंकले संघको कार्यालयमै पुगेर बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बैंक कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बन्जाडेले संघका अध्यक्ष लक्ष्मण कडेल, वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत लगायतका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथान शुभकामना दिएका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण कडेलले निजि क्षेत्र र बैंकहरुले संघसँग निरन्तर रूपमा सहकर्य गर्नुपर्ने कुरामा जोड दिए ।

यस्तै, बैंकका प्रदेश प्रमुख बन्जाडेले हाल देखिएको तरलताको समस्या समाधानका लागि निजि क्षेत्र र बैंकले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

बैकका तर्फबाट कार्यक्रममा बैकका ब्रान्च म्यानेजर निरन्जनकुमार ज्ञवाली, प्रदेश र शाखाका कर्मचारी लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया