बादी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

सुर्खेत । सुर्खेतको बादी सरोकार मञ्चमा आश्रय लिई रहेका ८० जना बादी समुदायका बालबालिकालाई प्रदेश सरकारले शैक्षिक सामाग्री सहयोग गरेको छ ।

गरिवीका कारण पढ्न नपाएका बालबालिकाहरुलाई शिक्षा दिने उद्देश्यका साथ खोलिएको मञ्चमा रहेका बालबालिकालाई प्रदेश सरकारले सहयोग गरेको हो ।

हाल मञ्चमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, दाङ तथा कैलाली जिल्लाका  ८० जना बालबालिकाले आश्रय लिई रहेका छन् ।

सहयोग सामग्रीमा कपडा, झोला, स्टेशनरी, पानी खाने बोत्तल लगायत पाँच लाख बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री कर्णाली प्रदेशका मुख्य सचिव राजकुमार श्रेष्ठले बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।

कक्षा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययरत विपन्न बादी समुदायका ६७ जना बालबालिकाालई सिद्धपाइला बोडिङ्ग स्कुले निःशुल्क पढाइ दिएको छ ।

विद्यालयमा शुल्क तिर्न नपरेपनि शैक्षिक सामाग्री किताब, कापी, कलम, झोला र डे«सको व्यवस्था भने मञ्चले नै गर्ने गरेको सञ्चालक हिक्मत बादीले बताए ।

सिद्धपाईलाले निशुल्क पढाई दिएपनि बालबालिकाको लालन पोषणमा भने समस्या रहेको बादीको भनाई थियो ।

तपाईको प्रतिक्रिया