स्थानीय तह निर्वाचन

को हुन्, कांग्रेसबाट दुल्लु–१० काे वडाअध्यक्षमा उम्मेदवारी दिएका पुरी?

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट दिपेन्द्रकुमार पुरीले उम्मेदवारी दिएका छन् । पुरीले मंगलबार निर्वाचन कार्यालयमा वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी मनाेनयन गराएका हुन् ।

पुरी सानै उमेरदेखि राजनीतिक यात्राका होमिएका नेतामा पर्दछन् । उनी २०६१ सालमा ज्वाला पञ्चकोसी मा.विको निवि संघको अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा शुरू गरेका हुन् । त्यसपछि पुरी कांग्रेसको संक्रिय राजनीतिमा लागेका थिए । पुरी दुल्लुमा नेपाली कांग्रेसबाट राजनीतिमा उदाएका नेता समेत हुन् । पुरी सानै उमेरदेखि समाजसेवा पेसामा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् ।

यस्ता छन्, एजेण्डा

-वडा अध्यक्षमा निर्वाचित भएपछि एम्बुलेन्स सञ्चालनमा ल्याएर स्थानीयलाई सेवामा ५० प्रतिशत छुट दिने ।
-दुल्लु–१० का सबै चौक–चौकमा फ्रि वाइवाइ सेवा विस्तार गर्ने 
-प्रत्येक टोलमा बाल शिक्षा सञ्चालन गर्ने 
-आफुले पाउँने पारिश्रमिककाे ५० प्रतिशत तलब भत्ता वडाको विकासमा खर्च गर्ने
-दुल्लु नगरपालिका–१० को सडक, खाने पानी, लिफ्ट सिँचाईको व्यवस्थापन गर्ने ।

तपाईको प्रतिक्रिया