पत्रकार महासंघको आयोजनामा रक्तदान

सुर्खेत । शुक्रवार नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३१ औं स्थापना दिवसको दोस्रो दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । महासंघले शाखा सुर्खेतको स्थापना दिवसका अवसरमा तीन दिन विशेष कार्यक्रम गरी मनाई रहेको छ ।

जस अनुसार आज (शुक्रवार) रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संघको तीन दिने कार्यक्रम अन्तर्गत बुधबार निशुल्क आँखा परीक्षण सम्पन्न भई सकेको छ । बिहीवार आज रक्तदान तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना भएको हो ।

रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । रक्तदानमा सहभागी पत्रकारहरु सुशील खड्का, ललित बुढा, टेकेन्द्र विश्कर्मा, पुनम बिसी, दीपक बुढा, बिनोद लम्साल रहेका थिए । यस्तै सिर्जना बुढाथोकी, बिरबहादुर रावत, रेशम शाही, मालती वि.क., ललिता विश्वकर्मा (ओड) र हिमा उपाध्यायले रक्तदान गरेका थिए ।

यस्तै, दिवसकै अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । प्रतियोगितामा कर्णाली खेलकुद परिषद्को टिमलाई हराउँदै पत्रकार टिम विजयी भएको हो । पहिलो खेलमा जित निकालेको परिषद्ले लगातार दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो ।

स्थापना दिवसमा परिषद्सँगको सम्वन्ध स्थापित गर्ने उदेश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । महासंघको तीन दिने कार्यक्रम अन्तर्गत भोली शनिवार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललित बुढाले जानकारी दिए

तपाईको प्रतिक्रिया