निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

काठमाडौं।  वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै छ। निर्वाचन आयोगले शनिबार दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो।

यसअघि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवारहरुले चिह्न पाउने छन्। उम्मेदवारी दिएका मध्ये कतिपय उम्मेदवारले हिजो उम्मेदवारी फिर्ता लिएका थिए। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

तपाईको प्रतिक्रिया