अध्यक्षपदबाट राजीनामा दिएर बुढाले गराए वडा सदस्यमा उम्मेदवारी दर्ता

सुर्खेत । दैलेखको भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले अध्यक्षपदबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार बनेका छन् । बुढा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट पालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

तर, यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा भने बुढा अध्यक्षबाट राजीनामा दिँदै वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

बुढाले भैरबी गाउँपालिका वडा नम्बर ७ कुसापानीमा एमालेबाट वडासदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् । बुढाले पुनः पालिका अध्यक्षमा दोहोरिने आकांक्षा गरे पनि एमालेले उनलाई अध्यक्षमा नदोहोरापछि वडा सस्दयमा उम्मेदवारी दिएका हुन् ।

बुढाले दैलेख जिल्ला समन्वय समिति प्रमुखको तयारीसहित सदस्यको उम्मेदवारी दर्ता गरेको खुलेको छ । दैलेखमा ११ स्थानीय तह रहेका छन् । एमालेले भैरबीको अध्यक्षमा सर्वराज महतारालाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया