यस्ता छन्, भैरबी–४ को वडा अध्यक्षका उम्मेदवार थापाका प्रतिबद्धता

सुर्खेत । दैलेखको भैरबी गाउँपालिका–४ को वडा अध्यक्षका उम्मेदवार आशिषकुमार थापाले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
थापाले नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएसँगै चुनावी प्रतिबद्धता समेत सार्वजनिक गरेका हुन् । उनी दैलेखका सबै भन्दा कान्छा वडा अध्यक्ष पदका उम्मेदवार हुन् ।

थापा २२ वर्षका मात्रै भएका छन् । थापाले मध्यपश्चिम विद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा स्त्नातक तहमा अध्यनरत रहेका छन् ।

पहिलो पटक अनेरास्ववियु हिमालय मा.वि कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरू गरेका थापा नेकपा गाउँ कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य र नेकपा (एकीकृत समाजवादी) दैलेख जिल्ला कमिटी सदस्य तथा निर्वाचन क्षेत्र न २ क प्रदेश कमिटी सचिव समेत रहेका छन् ।

यस्ता छन्, चुनावी प्रतिबद्धता

  • भैरबी ४ का प्रत्येक घर घरमा विजुलि बन्नी पुन्याउने ।
  • प्रत्येक टोल टोलमा सडक पुन्याउने ।
  • १२ कक्षा सम्मको शिक्षा निशुल्क प्राप्त गर्ने ।
  • प्राथमिक स्वास्थ सेवा निशुल्क प्राप्त गर्न ।
  • १२ कक्षासम्म सञ्चालनमा ल्याउने ।
  • भैरबीलाई पर्यटकिय हबको रुपमा विकास गर्ने ।
  • आवश्यक पूर्वाधार सहक, बाटो, विजुली पुत्याउने ।
  • भगबतीमाई मन्दिर, कालिका मन्दिरला दैलेख जिल्लामा पहिचाहन दिइ आवश्यक स्वधार विकास गर्न,
  • जातिय छुवाछुत मुक्त वडा घोषणा गर्न ।
  •  युवाहरुलाई रोजगारीको श्रृजना गर्न ।
  • युवाहरूलाई कृषीमा अनुदान, सिपमुलक तालिम, विभिन्न पेशा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने ।
  • अव्यवस्थित खानेपानीका मुहान व्यवस्थित गरी घर-घरमा पानीका धारा प्राप्त गर्न ।
  • वनलाई व्यवस्थित गरी जनतालाई सहज रुपमा दाउरा, घाँस प्राप्त गर्न ।

तपाईको प्रतिक्रिया