कांग्रेसको घाेषणा पत्र ‘सुन्दर र समुन्नत चामुण्डाविन्द्रासैनी’ (पूर्णपाठ)

सुर्खेत । सत्ता गठवन्धन दलहरुविच चुनावी तालमेल गर्ने दैलेखकाे चामुण्डाविन्द्रासैनी नगरपालिकामा अन्तत एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एकीकृत समाजवादीलाई नगर प्रमुख पदकाे उम्मद्वार बनाउने सहमति गरेपनि नेपाली काँग्रेसले नमानेपछि सबै दलले उम्मेद्वार खडा गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।

चामुण्डाविन्दासैनीमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकृकीत समाजवादीलेका उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिकाएका हुन् । एक्लाएक्लै चुनावी मैदानमा उत्रिएपछि नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा गणेशकुमार शाहीकाे टिमले निर्वाचित भएपछि गर्ने प्रतिवद्धताहरु सार्वजनिक गरेकाे छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन नयाँ नेपाल निर्माण एवम् नयाँ संविधान कार्यान्वयनको आधारशीला थियो । तर गातेवेला प्रमी भिन्न परिवेश र भिन्न जिम्मेवारीमा हो । सहमति, सहकार्य र एकताको मूल मन्त्र शिरोधार्य गदै लोकतान्त्रिक गणतन्त्रको स्थापना, राज्य पुनर्संरचना र नयाँ संविधान निर्माणमा नेपालका राजनीतिक दलहरू सहमतिका साथ अधिवढे र त्यस दिशाना सफल समेत रहे । तर जब नयाँ संविधान निर्माण र राष्ट्रिय समृद्धि हासिल गर्ने चरणमा प्रवेश गन्यौ, अनेक बाधा, ब्यवधानहरू प्रकट हुन थाले । अतीतको चुनागा थन्किाको सनातनी निरकुराता गुभेच्को शक्कि फिर्ता लिन अनेको स्वरुपमा पुनर्जत्थानवादी गतिविधि गर्नु त स्वभाविक नै हो ।

तर आफूलाई मात्र जनताका असली प्रतिनिधि ठान्नेहरूले समेत विगत केही वर्षहरूना देखाएको अलोकतान्त्रिक र गैर संसदीय चरित्र तथा असहिष्णु राजनीतिक संस्कारले प्रकारान्तरले पुर्नउत्थानवादकै शैली र उद्देश्यना अतिवाद प्रकट भएको देखिन्छ । यसर्थ मुलुक अहिले पनि राजनीतिक रूपमा गम्भीर मोडमा छ । जनतामा नियोजित वन र अनावश्यक जय थोपर्ने अनि त्यो बम र भयको जूमरीबाट सिर्जित उत्तेजनाले देशमा अस्थिरताको डढेलो सल्काउने प्रवृति यतिवेलाको महासंकट हो । त्यसैले स्थानीय तहको यस निर्वाचनबाट हामीले त्यस्ता पात्र र प्रवृतिवाट सजग रहदै शान्ति, स्थिरता र राष्ट्रिय समृद्धिको पक्षमा आफ्नो अभिमत प्रकट गर्न यस नगरवासी दाजुभाई दिदीवहिनीहरूमा हार्दिक आव्हान गर्दछौ ।

नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा १०४ वर्षीय निरंकुश जहानिया राणा शासन ३० वर्षीय पंचायती निरंकुशता हुँदै इतिहासको लामो यात्रामा जनभावना अनुसार हिड्न नचाहने राजसंस्था परास्त भई यो सबै समय खण्डमा लोकतन्त्रको शानदार विजय भएको गौरवशाली गाथा सर्वविदित नै छ । यो स्वर्णिम ऐतिहासिकता निर्माणमा आफ्नो जीवनको बलिदान दिनुहुने महान शहीदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । त्यस्तै लोकतान्त्रिक आन्दोलनको प्रारम्भदेखि वर्तमान सम्मको अटूट यशमा आफनो अतुलनीय योगदान र ऐतिहासिक नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेताहरू जननायक वी.पी. कोइराला सुवर्णशमशेर राणा, गणेशमान सिंह कृष्णप्रसाद नंदराई गिरिजाप्रसाद कोइराला सुशील कोइराला, महेन्द्र नारायण निधि, मंगलादेवी सिंह शैलजा आचार्य, वलवहादुर राई भीमबहादुर तामाड र खुमवहादुर खड्काप्रति सगर्व स्मरण सहित उच्च सम्मान प्रकट गर्दछौ ।

स्थानीय सरकार जनताको नजिकको सता हो । नेपालको नयाँ संविधान र राज्य पुर्नसंरचनाको वार्क बनोजिक लोकतन्त्र, विकास र समृद्धिको आधार नै स्थानीय तह हुन । त्यसैले पनि यो निर्वाचनमा आम जनताको सबैभन्दा बढी चासो र महत्व रहन्छ । यस नगरपालिका निवासी जनसमुदायले पक्कै पनि यस यथार्थलाई मनन गर्नु भएकै छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हामी हाको घोषणापत्र साहित तपाईहरु मागू प्रस्तुत भएका थियो । तर त्यसबेला हामीले नगरपालिकाको मूल नेतृत्व नगर प्रमुख, उपप्रमुख र ८ वटा वडामा विजय हासिल गर्न सकेनौ । हामीले १ वटा वडामा मात्र विजयी भयो । यद्यपि जनतावाट प्राप्त अभिमतलाई सहर्ष स्वीकार गरी हाम्रो पार्टी पा रहाका निर्वाचित जनप्रतिनिधीहरु निरन्तर जनताको सेवामा दत्तचित्त भएर डटिरहयो । मूल नेतृत्व नहुँदा र अल्पमतमा रहँदाको परिस्थितिमा हामीले कति गर्न सक्थ्यौ र कति गन्यो, यसको मूल्यांकन यहाँहरूके जिम्मामा छोड्न चाहन्छौं । मुख्य कुरा के हो भने बहुमत सहित नगरको नेतृत्व गर्नेहरूको आत्मगत र मनपरी शैलीबाट यस नगरपालिकाले आसन्न निर्वाचनवाट मुक्ति पाउने कि नपाउने ? गम्भीर हुनु पर्ने बिन्दु यही नै हो ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको नेतृत्व गर्नेहरूबाट जनताले अपेक्षित परिणाम प्राप्त गर्न सके कि सकेनन ? सूक्ष्म विश्लेषणको पाटो यो हो । पछिल्लो राजनीतिक कालखण्डमा २०६२/०६३ को युगीन क्रान्ति र बृहत शान्ति सक्कौतामार्फत श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले शान्ति पायो । २०७२ मा श्रद्धेय नेता सुशिल कोइरालाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पायो । यसैगरी बर्तमान सभापति श्रद्धेय नेता शेरवहादुर देउवाको प्रधानमन्त्रित्व कालमा २०७५ सालमा तिने तहको निर्वाचन सम्पन्न भई नयाँ संविधान कार्यान्वयनको दिशामा प्रवेश गयो । निकट अतीतमा दुई तिहाईको दरममा के.पि.ओली नेतृत्वको सत्ताले संविधान र संसदीय ब्यावस्थाको मर्ममाथी धावा वोल्दा देउवा नेतृत्वमा संविधान र व्यवस्थाको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी हासिक पतिउच्च गौरवबोध गर्दछौ ।

राजनीतिक क्रान्ति र नयाँ संविधान निर्माणको अभा भइसकेको अधिल्लो निर्वाचन सामग्रेसको नेतृत्वमा शान्ति र संविधान कांग्रेसकेसमुको अभियान भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएका थियो । यद्यपि तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान प्राप्त गर्न सकेन।

यसनी नगरपालिकाको स्थानीय तहको निर्वाचनमा हामिले जित हासिल गर्न सकेनौ २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लोकतन्त्रको वलियो जग निर्माण गर्दै नगरपालिकाको परिवर्तन विकास समृद्धिको सुर्जोलो यात्राको नेतृत्व लिन फेरी एकपटक हामी यहाँहरु समक्ष अनुमोदनका लागि प्रस्तुत गरका हामीलाई दड विश्वास छ कि अतिवादको प्रतिवाद गर्ने चामुण्डा विन्दासैनी नगरपालिकाको लागि तपाईहरुको अपार समर्थन र अमुल्य चारा नेपाली कांग्रेसका पक्षमा आहेर तुने नेपाली कांग्रेसको नीति र योजना कार्यान्वयन गरी यस नगरपालिकालाई विकासको उच्चतम बिन्दुसम्म पुयाउन कांग्रेसके नेतृत्व अपरिहार्य त्यसैले यस नगरपालिकामा नेपाली कांग्रेसलाई अत्याधिक मतका साथ विजय गराउनहुन हार्दिक अपिल गर्दै विजय पश्चात यस नगरको विकास र उन्नतिका लागि यहाँहरु समक्ष प्रतिवद्धता र कार्ययोजनाहरु तपशिल बमोजिन रहेको यसै घोषणा पत्रमार्फत अनुरोध गर्दछौं ।

 शिक्षा

धन अवस्थामा रहेको सार्वजानिक विद्यालय शिक्षालाई स्थानीय तहले सुधारको अभियान चलाउनुको विकल्प छैन । नेपाली कांग्रेसका उम्मेदवारले जनताको कल्याणकारी विकासको लागि तथा शिक्षा क्षेत्रको विकासको लागि नतिजामुलक गर्ने गरी शिक्षालाई स्थानीय तहको पहिलो प्राथामिकतामा राख्दै स्थानीय तहबाट प्रदान गरिने सेवासुविधा तथा विकास निर्माणका गतिविधिहरू सञ्चालन गरिने छ । स्थानीय तहकै नेतृत्वना स्थानीय स्रोतसाधनको परिचालन गर्दै व्यवसायिकरूपना ने सार्वजानिक विद्यालय शिक्षाको सुधारको लागि निम्न प्रयास गर्न सकिन्छ : वालविकास आधारभूत मावि कक्षा विस्तार विषयगत शिक्षक दरवन्दी कायम गरी नगरबाटे शिक्षक दरवन्दी कायम गरिने छ प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षकको दरवन्दी कायम गरी गुणस्तरिय शिक्षामा जोड दिइनेछ । सामदायक विद्यालयको शैक्षिक सुधार गर्नको लागि सम्पूर्ण कर्मचारी र जनप्रतिनीधिका वालवालिकालाई सामुदायिक विद्यालयमा नै अनिवार्य पढाउने गरिने छ । माविमा प्राविधिक धारतर्फ (कृषि विज्ञान, बन विज्ञान, पशुविज्ञान, कम्प्युटर शिक्षर) का कक्षाहरु संचालन गरिने छ ।

चामुण्डा कलेजमा विविएस विएस्सी र स्नातकोत्तर (फर एण्ड) यसै शैक्षिक सत्रबाट संवाननमा ल्याइने छ । एक वर्षभित्रमा नगरवासीलाई पायक पर्ने स्थानमा विएससीका कक्षा सञ्चालन गरिनेछ । दलित, विपन्न महिला तथा जेहेन्दार विद्यार्थीलाई नगरपालिकाको तर्फबाट एमविविएस अध्ययन गर्नका लागि आवश्यक कोटाला कात्रवृतिको व्यवस्था गरिनेछ ।  नगरभित्र रहेका विद्यालय कर्मचारीको स्केल अनुसारको तलव/नताको ब्यवस्था गरिने । नगर शिक्षा योजना निर्माण गरी गुणस्तरिय शिक्षाको अभिवृद्धि गरिने छ ।  विद्यालयलाई राजनीतिक प्रभाववाद बुक गर्दै विद्यालय व्यावस्थापन समितिलाई गुणस्तरीय शैक्षिक वातावरण बनाउने कार्यता समन्वय गरेर जिम्मेवार बनाईलेख यस नगरपालिकाको केन्द्र जम्बुकाँधमा उठा आधुनिक पुस्तकालय तथा विद्युतीय पुस्तकालय स्थापना गरिनेछ ।

साथै प्रत्येक विद्यालयहरूमा बालमैत्री पुस्तकालय स्थापनाको लागि आवश्यक नीति तर्जुमा गरिनेछ । “जिम्मवार शिक्षक तथा अभिभावक र मिहिनेती एवम इमान्दार विद्यार्थी को अवधारणा लागू गरेर यस नगर मित्रका सवै शैक्षिक संस्थाहरुमा गुणस्तरिय शिक्षामा जोड दिइनेछ । विद्यालयका शिक्षकलाई आफ्नो पेशागत विकासका लागि स्वसिकाइमा ओड दिदै पाठ्क्रन तथा शिक्षक निर्देशिका निर्देशित कक्षाकोठामा पुरा समय शिक्षणको स । सिकाइ सहजीकरण गर्ने प्रबन्ध मिलाउने तथा शिक्षकको अनुपस्थितिलाई अन्त्य गर्ने वा वैकल्पिक उपाय अबलम्बन गर्ने । त्यसको नियमित अनुगमन तथा रेकर्डको लागि प्रअलाई मुख्य जिम्मेवारी बनाउने ।

बालबालिकाहरुको निरन्तर रुपमा निर्माणात्मक मुल्यांकन गरी उनीहरुको सिकाइ पहिचान गरी आवश्यक परेका विद्यालय स्थानिय तहबाट ने वा अन्य निकायसँग समन्वय गर्ने, शिक्षक, विद्यालय स्रोतकेन्द्र र स्थानिय तहमा गरी चार तहमा कम्तिमा नासिक समीक्षा बैठकमा निश्चित प्रगति सुषक डाँचाको आधारमा प्रगति पुनातिका विषय छलफल तथा अन्तक्रिया गरी सम्बन्धित निकायमा त्यसको प्रतिवेदन पेश गर्ने । शिक्षणसिकाइ प्रक्रियालाई सहजीकरण तथा प्राविधिक सेवा प्रदान गर्न स्थानीय तहमा ने विभिन्न विषयगत शिक्षक तथा शिक्षाविज्ञको एक समूह निर्माण गरी विद्यालयका शिक्षकलाई प्राविधिक सेवा उपलब्ध गराउने । त्यस्तो समुहले युक्ति रूपमा प्राविधिक सेवा विद्यालयमै गई दिनुपर्दछ । प्रत्येक विद्यालयमा एक शिक्षक एक ल्यापटपको व्यवस्था गरी शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाईने, विद्यार्थीका सवादिण विकासका लागि विभिन्न खेलकुद र अतिरिक्त कृयाकलाप संचालन गरिनेछ । साथै प्रत्येक

माविमा खेल शिक्षकको दरवन्दी ब्यवस्था गरी खेलकुद सामग्रीहरु उपलब्ध गराइनेछ । नगरभित्रका सबै विद्यालयहरुमा पढ्दै कमाउदे शिक्षा अभियानमा सहभागी गराइने छ । हरेक विद्यालयमा वालमैत्री वातावरण सृजना गरी पुस्ताकलय ल्याव आइसीटी को उचित व्यवस्थापन गरिने छ । उत्कृष्ट शिक्षक सम्मान उत्कृष्ट अभिभावक एवम उवाट विद्यार्थी सम्मान कार्यक्रमको थालनी गरिने छ । उच्च शिक्षातर्फ प्रमुफल तथा विद्यावारिधि गर्ने नगरवासीलाई प्रत्यक वर्ष एक/एक जनालाई विशेषको व्यवस्था गरिनेछ ।

स्वास्थ्य

यस नगरपालिका अन्तर्गतका २ वटै वडाका स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरी गुणस्तरीय सेवा प्रदान गर्दै स्वास्थ्य सेवालाई अधिकतम जनमुसि बनाइनेछ । नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधिहरु समयमै सबैको समान पहुंचका लागि आवश्यक नीति तर्जुमा गरिनेछ । प्रत्येक नगरवासीको स्वास्थ्य बीमा गर्न गराउन जोड दिईने छ । स्वास्थ्य सेवालाई प्रभावकारी, सहज र पहुँच योग्य बनाउन एम्बुलेन्स सेवा थप गरि त्यसको व्यावस्थापना जोड दिईनेछ ।

नगर मित्र सम्पूर्ण स्वास्थ्य संस्थाको स्ततरवृद्धि गरी नगर अस्पताल स्थापना गरी विशेषज्ञ सेवा संचालन गरिने छ । प्रत्येक वर्ष १० वर्ष भन्दा माथिका वृद्धवृद्धाको उपचारका लागि निशुल्क स्वस्थ्य सिविर संचालन गरिने छ । पाठेघरका विरामीलाई निशुल्क उपचारको व्यवस्थापन गरिनेछ । गरिव विपन्न असाय, अपाद्र, विधुवा र एकल महिलाहरूका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने छ । नगरभित्रका नगरले निर्धारण गरेका सबै टोलहरुमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक स्थापना गरिने छ ।

कृषि

नगरपालिकाका कृषियोग्य जमिन पहिचान गरी उत्पादकत्व बृद्धि र कृषि बजार व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने छ । अगानिक खेतीको लागी सम्भावित पकेट क्षेत्र तोकेर उत्पादित कृषि उपजलाई पूर्ण अर्गानिक भएको सुनिश्चितता गरी बजारको समेत ग्यारेन्टी गरिनेछ ।

कृषियोग्य जमिन कुनै पनि समय बाँको नरहने गरि अधिकतम उपयोग गर्ने निति लिईने छ । स्थानीय खाधान्नलाई संरक्षण गर्न विशेष प्रकारको नीतिसहित विज बैंक को स्थापना गरिनेछ । कृषकहरुलाई बाली बीमा र पशु बीमा गर्न प्रोत्साहन गरिनेछ । यस कार्यका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिनेछ । स्थानीय रूपमा अल्लो सैतिको प्रवर्द्धन गरी हालका १ र २ नं वार्डलाई अल्लो पकेट क्षेत्र घोषणा गर्ने अल्लो उत्पादन गरी सो को निर्यातवाद त्यस क्षेत्रका नागरिकलाई प्रत्यक्ष रोजगारीमा संलग्न गराइनेछ ।

किसान मजदुर र गरिवी तथा पिछडिएको अवस्थाको अन्त्य गरी किसानलाई सहुलियत शुल्का रासायनिक कल विउ विजन र कृषि तथा गैरकृषि क्षेत्रमा फर्म तथा विभिन्न परियोजना संचालन गरी प्रसस्त रोजगारी सृजना गरी आन रूपमा रहेको गरिवी तथा पीडएको अवस्थाको अन्त्य गर्ने । स्थानिय सम्भाब्यता तुलनात्मक लाभ तथा विशिष्ट अवसरहरूको उपयोग गरी उपयुक्त कृषि प्रविधिहरुको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवम् उत्पादकत्व बढाइने छ । साथै कृषिको व्यवसायिकरण तथा विविधिकरणमा जोड दिइ आय आर्जन तथा रोजगारका था अवसरहरु सृजना गरिने छ ।

वैज्ञानिक तू-उपयोग प्रणालीको उपयोग गरी उर्वरा कृषि भूमीलाई गैरकृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिने र प्रमुख खाद्य बस्तुहरुमा परनिर्भरताको कारण नगरले ब्यहोरी रहेको समस्यालाई दृष्टिगत गर्दै स्वघ सुरक्षाका रणनितिक महत्वका वालिहरुमा जस्तैः धान, मकै र गहुँमा आत्मनिर्भरता हासिल गर्न ठूला सिंचाइ आयोजनाहरुको कमाण्ड क्षेत्रभित्र सघन कृषि विकास कार्यक्रमहरु संचालन गरिने छ । प्रत्येक वडामा कृषि उत्पादन संकलन केन्द्र र नगरपालिकाको केन्द्रमा शित भण्डारण केन्द्र स्थापना गरिनेछ । नगरपालिका भित्रका कृषि सहकारी र महिला सहकारीलाई अनुदान स्वरूप सौमिलियत ऋण उपलब्ध गराइने छ ।

सडक

साङ्गता चाल्ने अधेरी खोला सम्म सडक दुई वर्षभित्र कालो पत्रे गरिने छ । बस्तेकोट रामघाट जंगले हाडाकोट नयाँ सडक निर्माण गरिने छ । बस्तेकोट रामघाट ठाँटीकाँध सडक नयाँ सडक निर्माण गरिने छ । पाल्ने सिरोल सडक निर्माण गरिने छ । बासठाना रामघाट सड़क निर्माण गरिने छ । साल्डाँडा पानीसोला सडक निर्माण गरिने छ । देउराली नोरोली नयाँ सड़क निर्माण गरिने छ । नाराघाट डाँडा पातिकॉल्ना सडक निर्माण गरिने छ । पानी पोखरा मान्म हदे पाल्त काफलगैरा नयाँ सडक निर्माण गरिने छ ।

लैनचौर रातिमाटा नेत्रपानी गौडाबजार सडक स्तर उन्नती गरिने छ भुवाटाकुरा जंगले सडक विस्तार गरिने छ । साउनेखोला तारा सोल्पा सडक निर्माण गरिने छ । ठेतरा रहंदै सार सडक स्तर उन्जली गरिनेछ । पर रिहरोड डडाकोट सडक स्तर उन्नती गरिनेछ । विशाल बजार देखी गाेष्ठीमा रामघाट सडकको स्तर उन्नती गरिने छ ।

खानेपानी र सिवाइ

वडा नं. १ देखी २ को सुरसम्म निरन्तर संचालन गरी प्रत्येक घरघरमा धारा जगन गरिने छ । खानेपानी असुविधा रहेका बस्तीहरुमा गुहान पहिचान गरी खानेपानीको व्यवस्था र लिप्टीडको व्यवस्था गरी खानेपानी व्यवस्था गरिने छ । सस्पे सिचाईलाई विस्तार गरी सल्लेखाल गुगलसिमसम्म विस्तार गरिनेछ । यस सभत्रका सबै दोलना उचित व्यवस्था सहित पिछडिएको वर्गको पहुँचको सुनिश्चिता गरी नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।

पर्यटन

पर्यटन क्षेत्रको विकासमा ऐतिहासिक मठमन्दिरहरुको संरक्षण, पूर्वाधार निर्माण र जलगुफा, नौतले गुफा आदिको पहिचान गरी विकास र विस्तार गरिने छ । साथै यस नगरपालिका वडा नं. १ स्थित हेतुन तामाङ बौद्ध गुम्बाको बृहत्तर विकास निमार्ण गरी बौद्ध धर्मावलम्बी पर्यटकहरू आकषर्ण गरिने छ । पर्यटकहरुलाई आपषण गर्नको लागि यसनालिकाको १ नं वडाको पाल्त र तिजडाँडामा होमस्टे निर्माण गरिने छ । बैद्य घट्ट राजघाट खोला, तोल्पा, मंठेला, अम्पेमा सर्वे परिक्षण गरी साना जलविद्युत आयोजनाबाट तिन वर्षभित्र विद्युत उत्पादन र वितरण गरिने छ । राष्ट्रिय विद्युत प्रसारण लाइनलाई नगर गरी विद्युत विस्तारिकरण गरिने छ ।

सामाजिक क्षेत्र

फलामको काम गर्ने लोहारहरुलाई आवश्यक सहयोग गरिने छ पञ्चेबाजा, बैठी, देउसी भैलो आदि स्थानीय संस्कृतिलाई संरक्षणको लागि आवश्यक नीति बनाइने छ । जातिय चाडपर्व विभिन्न ल्होसार पर्व तिज पर्वमा आदिलाई प्राथमिकता दिइनेछ । युवा नगर प्रहरी अस्ताइ शिक्षक नियुक्त गरिनेछ । बेरोजगार अन्त्य गर्नको लागि करार र स्थाई कर्मचारी नियुक्ती गरिनेछ । गरिव असाय छात्र छात्रालाई छात्रवृतिको ब्यवस्था गरिनेछ । घर नभइ ठहरामा बसेका घरपरिवारलाई घर निर्माण गरिने छ । अव्यवस्थित बसोवास (सुकुमबासी) लाई जग्गा धनी पूर्जा, लालपूर्जा उपलन्त्र गराइने छ । सामाजिक सुरक्षा भता प्रत्येक वडाको टोलटोलमा गई वितरण गरिने छ । हलालाई होजरीच्या प्रशिक्षणबाट कार्पेट गलैचा, सल ठोपी सुइटर माफल आदिलाई सिलाई बुनाइमा एक वर्षभित्रै तयार गरिने छ ।

नगर स्तरीय रंगशाला उपयुक्त स्थान छनौट गरी दुई वर्षमा निर्माण गरिने छ । दलित महिला आय आर्जन कार्यक्रम सबै वडामा प्रत्येक वर्ष सञ्चालन गरिने छ ।सामाजिक सद्भाव र विकासको गतिशिलता बढाइनेछ । समावेशी र समतामूलक समाज निर्माण गरिने छ । विकासको अन्तिम प्रतिफल जनता हुन भन्ने अवधारणामा कोही पनि नछुटुन कोही पछाडी नपरून खानेपानी, सरसफाइ, सिचाई, कृषि, संवर्धन विधुत, सडक, गोरेटो घोरेटो सडकहरु निर्माण गरिनेछ । रोजगारीका अवसर, सामाजिक न्याय सुरक्षा सुधार, भष्स्ट्चार मुक्त नगरपालिका निर्माण गरिने छ । सहकारी सोल्ने श्रमिक युवा संगठन विस्तार गरिने छ । एकिकृत वस्ती विकास कार्यक्रमलाई जोड दिइनेछ । ब्यापार लगानी प्रति प्रवाह प्रदुषण रोकथाम, वसाईसराई विपद् तथा समाजिक संरक्षण गरिनेछ ।

सुशासन सम्बन्धमा

यस नगरपालिकाका विभिन्न क्षेत्रमा देखिएका भ्रष्ट्राचार र अनियमितताका गुनासाहरुलाई मध्यनजर गर्दै यसका कारणहरु न्यून गरी भ्रष्टाचार र अनियमितता निवारणमा नीति निर्माण सहित ठोस कार्य गरिनेछ ।
प्रशासनिक ढिलासुस्तीलाई हटाई जनभावना अनुरूप प्रशासनिक कार्यहरुमा छरितोपन ल्याउन र प्रशासनलाई जनमुखि बनाउन आवश्यक नीति तथा प्रऋया यथासम्भव सुरुआत गरिनेछ । नगर स्तरमा रहेको आपतकालिन कोषको प्रभावकारी ब्यवस्थापन गरिनेछ । साथै दैवीक प्रकोप र महामारीको बेलामा हुनसक्ने नोकमरीको बिकराल अवस्थालाई दृष्टिगत गरी नगरमा एउटा आपतकालिन खाधान्न कोषको ब्यवस्था गरिनेछ ।

तपाईको प्रतिक्रिया