ढकारी गाउँपालिका अध्यक्षका उम्मेद्वार बुढा मतदाता फकाउँदै

अछाम  । ढकारीमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढा आफ्नाे पक्षमा मतदाताहरुलाई आकर्षित गर्न मतदता फकाउँनमा व्यस्त छन् । गाउँ गाउँमा ‘शेरबहादुर बुढा जिताऔं’ अभियान नै चलाएर उनी पालिका भित्रका सबै टाेलटाेलमा पुगेर चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिइरहेका हुन् ।

इमानदार, निष्ठावान र सबैका साँझा व्यक्तिका रुपमा चिनिएका बुढालाई जिताउन बलाता, थारम, रुज, टिमु र सल्लेरी लगायत दुर्गम गाउँका हरेक घरका युवादेखि बृद्धहरुलाई एक एकजुट गरेर चुनावी अभियानलाई तिव्रता दिइरहेकाे प्रचारप्रसार समितिले जनाएकाे छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदकालागि चुनाव प्रचार अभियानमा रहेका बुढालाई स्थानीयले अन्य व्यक्तिको तुलनामा उहाँ नै सक्षम देखिएकाले बुढाकै पक्षमा माहोल बनाउनुपर्ने भन्दै गाउँका टोलटोलामा घरघरै पुगेर ‘शेरबहादुर बुढा जिताऔं’ अभियान मार्फत मतदातालाई कलम चिन्हमा भोट हाल्न अनुरोध गरिरहेका छन् ।

मत माग्न ढकारीका आठै वडाका टोलटोलमा पुगेर मतदातालाई भेटिरहेका अध्यक्षका उम्मेदवार बुढा अहिलेसम्म कुनैपनि बिबादमा मुछिएका छैनन् । सामाजिक रुपमा समेत ख्याती कमाएका बुढाले आफ्नो लामो राजनितिक यात्रामा भष्ट्राचार, अनियमितता र कुनैपनि व्यक्तिलाई असहयोग गरेको आरोप समेत लागेको छैन् ।

अहिले उम्मेदवारका रुपमा अघि सर्ने प्राय व्यक्तिहरुलाई सामाजिक रुपमा कुनै न कुनै आरोप लागेकै हुन्छ । तर ढकारीको सवालमा बुढा एक मात्र यस्ता उम्मेदवार हुन् जसका विरुद्ध अहिलेसम्म अड्डा अदालतमा सामान्य उजुरी समेत परेको रेकर्ड छैन् । त्यसकारण पनि ढकारी गाउँपालिकाका स्थानीयले उहाँबाट ठुलो आस गरेर उहाँलाई नै जिताउनका लागि टोलटोल र घरघरमा चर्चा गर्ने गरेको वडा नम्बर ८ घोडासैनका टिकाराम उपाध्यायले बताए ।

उनकाअनुसार यसअघि गाउँपालिकाको नेतृत्व गरेका जनप्रतिनिधि र उनीहरुका पार्टीप्रति नागरिकको व्यापक गुनासो छ । स्थानीय सरकारको नेतृत्व गरे यता उनीहरुले आपसमै बिबाद गरेर समाजमा समेत राम्रो शन्देस दिन नसेको स्थानीयको गुनासो छ । कयौं पटक त गाउँपालिकाको नेतृत्व गरेका मुख्य पदमा रहेका व्यक्तिहरु बिच बिभीन्न निर्णयका पुस्तीका लुकाउने र च्यात्ने सम्मका हर्कत देखिनुका साथै योजना बाडफाडमा समेत कयौं पटक विवाद चर्केको यथार्थ देख्दादेख्दै फेरीपनि तिनै व्यक्ति र उहीँ पार्टीलाई भोट दिनुको कुनै औचित्य नभएकाले पनि यो पटक आफुहरु सचेत बनेको मतदाताको भनाई छ ।

पुरानै मानसिकता बोकेर भोट माग्न आए यो पटक ठेगान लगाइदिने समेत मतदाताले चेतावनी दिएका छन् । वितेको पाँच वर्षमा कुनैपनि उपलब्धी नदेखिएको भन्दै मतदाताले यो चुनावमा ढकारीमा बिकासको ढोका खोल्न शेरबहादुर बुढालाई नै जिताउनुपर्ने भन्दै उनीहरुले आफन्त, नातागोता र छरछिमेकमा समेत प्रचार गर्न थालेका छन् ।

पार्टीगत रुपमा देश बदल्छौ भनेर केहि नहुने भन्दै अब सबै ठाउँमा शेरबहादुर बुढा जस्तै सबैको साझा बन्न सक्ने व्यक्तिलाई जिताए मात्र गाउँ ठाउँको विकास हुने भन्दै ढकारीको वडा नम्बर ५ का कांग्रेस वडा कार्यसमिति सहसचिव लक्ष्मीराज कामीले आफ्नो पार्टी समेत परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । जनताका गुनासा र समस्या सहजै सुनिदिने व्यक्ति नै गाउँपालिकाको अध्यक्ष हुनुपर्ने स्थानीयको माग छ ।

भोट माग्ने बेला कयौं सपना देखाएर जाने तर जितेपछि फर्केर नहेर्ने विगतको प्रवृति बिर्सन नहुने भन्दै उहीँ व्यक्ति र उनै व्यक्तिका नातागोता र आफन्तलाई मात्र सधैं नेता मानिरहनुपर्ने बाध्यताबाट आफुहरु मुक्त हुन चाहेको पनि स्थानीयले बताएका छन् ।

चुनाव प्रचार अभियानका क्रममा ढकारीको वडा नम्बर ४ बलाताका विभिन्न टोलहरुमा घरदैलो गरे पश्चात वडा नम्बर ५ मा समेत चुनावी सभा र घरदैलो गरेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु दुई दिन देखि वडा नम्बर ७ का टिमु, थारम, ढिल्की, सल्लेरी, रुज लगायतका गाउँका मतदातासँग भेटघाट गरिरहेका छन् । थारमका उपेन्द्र बहादुर थापाकाअनुसार गाउँगाउँमा युवाहरुले संयुक्त समूह नै निर्माण गरेर प्रचार गरिरहेका छन् ।

वडा नम्बर १, २, ३, ४, ६ र ८ मा घरदैलो गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला कमिटी सचिव नवराज सावदले बताए । उनले अहिले हरेक व्यक्तिमा जागरण आइसकेकाले विगत जस्तो पैसा बाडेर र डर धम्कीका भरमा कसैले भोट तान्न नसक्ने भन्दै आफ्नो पार्टीले इमानदार र परिपक्व व्यक्तिलाई उम्मेदवार बनाएकाले नेकपा (एकीकृत समाजवादी) को नै जित हुने दाबी गरे । उनको पार्टीबाट गाउँपालिका उपाध्यक्षमा देवकला खत्री (चलाउने) उम्मेदवार छन भने वडा तहमा समेत इमानदार र योग्य व्यक्तिहरु नै उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

स्पष्ट नीति र जनमैत्री नेतृत्वका लागि -निष्ठा र ईमानदारीताका लागि -सुशासन अभिबृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न -गाउँपालिकाको सेवा चुस्तदुरुस्त पार्न -शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, विद्युत, खेलकुद र पर्यटन बिकास गर्न -जल, जमिन र जंगलको पहुँच आम मानिससम्म पुगाउन -दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, असहाय र अपांगता भएकाहरुको उत्थान गर्ने बुढाकाे घाेषणापत्रमा समावेश छ ।

तपाईको प्रतिक्रिया