दैलेख । दैलेख जिल्ला क्षेत्र नम्बर २ प्रदेश .(ख) नेपाली कांग्रेस कार्यसमिति सचिव बमबहादुर शाही एमालेमा समाहित भएका छन् ।
नेकपा एमाले आठबीस नगरपालिका बुधबार भएको एक कार्यक्रममा शाही एमालेमा समाहित भएका हुन् ।
एमाले आठबीस नगरकमिटि उपाध्यक्ष हिक्मत बस्नेतले शाहीले नेपाली कांग्रेस पार्टी परित्याग गरि आजबाट नेकपा एमालेमा समाहित भएको जानकारी दिए ।
बस्नेतका अनुसार शाही दैलेखी जनताका प्रिय नेताका रुपमा समेत चिनिन्छन् । शाहीसँगै सयौं नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी त्याग गरेर एमालेमा समाहित भएका छन् ।
नेपालीरैबार । २०७९ बैशाख २१, बुधबार