स्वर्गिय व्यवसायी राजेन्द्र थापाको परिवारलाई आर्थिक सहयोग

सुर्खत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का स्वर्गिय व्यवसायी राजेन्द्र थापाको परिवारलाई अर्थिक सहयोग गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बुधबार स्वर्गिय व्यवसायी थापाको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

संघको तर्फबाट अध्यक्ष लक्ष्मण कँडेलसहित संघका अन्य पादाधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोष–अध्यक्ष तथा अन्य सदस्यहरुले स्वर्गिय थापाकी श्रमीति कृष्ण थापा र दाई टिकाराम थापालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

संघका अध्यक्ष लक्ष्मण कँडेलले स्वर्गिय थापाको परिवारलाई केहीँ मात्रामा सहयोग पुग्ने हिसाबले आर्थिक सहयोग गरिएको बताए । उनले भने, ‘थापाले विगत लामो समयदेखि वीरेन्द्रनगरमा व्यवसाय गर्दै आउनु भएको थियो । तर, उहाँको अचानक निधन भयो, घरमा स–साना तीन जना छोराहरु भएको र घरको आर्थिक अवस्था समेत न्युन भएकोले सुर्खेत उद्योग वाणिजय संघले सहयोग गरेको छ ।’

अध्यक्ष कँडेलले यती मात्रै नभई संघले उनको परिवारलाई आगामि दिनहरुमा पनि बारमबार सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, संघका महासचिव भद्र भण्डारीले थापाको परिवारलाई संघको तर्फबाट २५ हजार, संघका पदाधिकारी र कार्यसमितिहरुबाट २८ हजार ६ सय १० गरेर जम्मा नगद ५३ हजार ६ सय १० रुपैयाँ हस्तान्तरण गरेको जानकारी दिए । साथै नगद रुपैयाँसँगै फलफुललगायतका सामाग्रीको समेत सहयोग गरिएको थियो ।

स्वर्गिय थापको निधन बैशाख १३ गते ४९ वर्षको उमेरमा भएको थियो । स्वर्गिय थापाको घरमा श्रीमति कृष्ण थापा र १६ वर्षका तिलक थापा, १४ वर्षका जनक थापा र १२ वर्षका चेतन थापा गरी तीन छोराहरु रहेका छन् । थापाले वीरेन्द्रनगर–३ मा ज्वाला होटल र ज्वाल ग्रिल उद्योग सञ्चालन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया