समाजवादीकाे ठाँटीकाँध गाउँपालिका कमिटी एमालेमा समाहित

दैलेख । दैलेख ठाँटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ ।

बुधवार एमाले ठाटिकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमार विक्रम शाही र गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादी पार्टी ठाँटीकाँध गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरेका छ ।

ठाँटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको समाजवादी पार्टीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरिएको छ ।

अन्तर्गत नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निष्कृय रहने र नेकपा एमालेतर्फका उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउन नेकपा एकीकृत समाजवादी नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटीमा पार्टी एकतासहित समाहित भएको छ ।

तपाईको प्रतिक्रिया