कर्णाली नदीमा एक युवा बेपत्ता

बर्दिया । जिल्लाको कोठियाघाट स्थित गेरुवा कर्णाली नदीमा पौडी खेल्न गएका एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका–३ धनौराका २४ वर्षीय दिलीप थारु रहेका प्रहरीले जनाएको छ ।

बिहीबार साढे तीन बजेतिर पौडी खेल्ने क्रममा थारु नदीमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता थारुको प्रहरी चौकी कोठीयाठाटले खोजीतलासको लागि डुङ्गा सहित प्रहरी परिचालित गरेको जनाएको छ ।

यो समाचार तयार पार्दासम्म थारुको पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया