स्थानीय निर्वाचन–२०७९

मेयर पदकी उम्मेदवार ढकाललाई बुढी आमाको आशिर्वाद ‘फेरी पनि जित्नु है छाेरी’

सुर्खेत । बिहीबार बिहान करिब ८ बजे नेकपा (एमाले)बाट वीरेन्द्रनगरको मेयर पदको उम्मेदवार बनेकी मोहनमाया ढकाल वीरेन्द्रनगर—५ को चिसापानी पुगिन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा भोट माग्न ¥यालीसहित चिसापानी पुगेकी ढकाललाई ७७ वर्षीया वृद्ध आमाले आशिर्वाद दिईन् ‘छोरी फेरी पनि जित्नु है आशिर्वाद तिमीलाई’ ।

यसअघि वीरेन्द्रनगरको उपमेयरसमेत रहेकी ढकालसँग ७७ व वर्षीय आमाले केही समस्या पनि राखिन् । चिसापानी क्षेत्रमा खानेपानीको समस्या रहेको भन्दै खानेपानीको व्यवस्थापन मिलाई दिन उनको आग्रह थियो ।

जवाफमा ढकालले चिसापानी क्षेत्रका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै बितेको पाँच वर्षे कार्यकालमा केही सम्बोधन भएको र सम्बोधा हुन बाँकी कामह् मेयरको रुपमा नगरवासीले विश्वास गरे आगामी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै, खानेपानीका विषयमा ढकालले भेरीको पानी उपत्यकामा ल्याउनका लागि काम सुरु भई सकेकाले तीन वर्ष भित्र आमालाई भेरीको पानी खुवाउछु भनेर बाचा समेत गरिन् ।

बिहीबार ढकालसहितको टोली वीरेन्द्रनगर–५ चिसापानीमा पुग्दा फरक माहोल देखिन्थ्यो । मतदाताहरु ढकाललाई आर्शिवाद दिन सडकमै आइ पुगेका थिए ।

चुनावी प्रचारलाई आक्रामक बनाएको एमाले सुर्खेतले वीरेन्द्रनगरका विभिन्न वडाबाट गर्दै आएको चुनावी प्रचार–प्रसारलाई यहीँ बैशाख २७ गतेसम्म जारी राख्ने एमालले वीरेन्द्रनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया