यस्ताे छ कांग्रेस वीरेन्द्रनगरकाे घरदैलाे कार्यक्रम

सुर्खेत। बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकिँएसँगै नेपाली कांग्रेसले वीरेन्द्रनगरमा चुनावी अभियानलाई तिव्रता दिएको छ । नगरका सबैजसो वडामा दैनिक भइरहेका चुनावी कार्यक्रममा नेता कार्यकर्ता र शुभेच्छुकहरुको उत्साहजनक उपस्थिति रहने गरेको हो ।

घरदैलोको क्रममा सयौँको संख्यामा सहभागिता रहेको नगरप्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले बताए । उनका अनुसार यतिबेला जिल्लाका सबै पालिकामा कांग्रेस चुनावी कार्यक्रम उत्साहजनक रुपमा चलिरहेका छन् ।

चुनावी कार्यक्रममा कांग्रेसका सबै तहका नेताहरु अहिलेले वडामा केन्द्रित भएको उनले बताए । वडा र नगरका उम्मेदवारसहित पार्टीका प्रतिबद्धता लिएर नेताहरु मतदाताको घर–आँगनमा पुग्ने गरेका हुन् । टोल–टोल र वडाहरुमा पुगेर उम्मेदवारसँगै कार्यकर्तालाई हौँसाला दिइरहेका छन् ।

घरदैलो सकिएपछि कांग्रेसले वैशाख २६ गते वीरेन्द्रनगरमा नगरस्तरीय चुनावी सभा आयोजना गर्न लागेको छ । कार्यक्रममा सहभागी हुन कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउने कार्यक्रम छ।

 

 

तपाईको प्रतिक्रिया