वीरेन्द्रनगर–९ मा गठबन्धनको चुनावी आमसभा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ मा गठबन्धनले चुनावी आमसभा गरेको छ । शनिबार गठबन्धनले चुनावी आमसभा गर्दै वडाबासीलाई आफ्ना प्रतिबद्धताबारे जानकारी गराएको छ । वीरेन्द्रनगर नगरपालिका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन बनेको छ ।

उक्त गठबन्धनबाट वीरेन्द्रनगरको प्रमुख र उप–प्रमुख पदमा उम्मेदवार बनेका उम्मेदवारले वीरेन्द्रनगर–९ का वडाबासीलाई चुनावी घोषणापत्र देखाउँदै भोट दिन अपिल समेत गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस गठबन्धनबाट नगरप्रमुख पदका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ९ नम्बर वडाको पर्यटकिय क्षेत्रलाई कसरि प्रचार–प्रसार गर्न सकिन्छ भन्ने विषयमा घोषणपत्रमा भएका योजनाहरु वडाबासीलाई जानकारी दिए ।

खड्काले भने, ‘९ नम्बर वडामा रहेका पर्यटकीय स्थल काँक्रेविहार, अधेरी गुफा, सत्यकाँडालाई पर्यटकीय स्थल कसिर बनाउँन सकिन्छ भन्ने जस्ता विषयहरु हामीले घोषणापत्रमा राखेका छौं । ती सबै कुरा वडाबासीले अध्ययन गर्नु होला ।’ खड्काले चौधरी समूदायमा देखिने रोगको नियन्त्रण सँगै यस्ता बिरामीको उपचारका लागि सुर्खेतमै वयवस्थाप गर्ने जस्ता योजना अगाडी सारिएका वडाबासीलाई जानकारी दिएका छन् ।

यस्तै, गठबन्धन माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगरको उप–प्रमुख पदमा शान्ती ढकाल उम्मेदवार बनेकी छन् ।

तपाईको प्रतिक्रिया