स्थानीय तह निर्वाचन–२०७९

कांग्रेस वीरेन्द्रनगर–११ काे घोषणामा निःशुल्क खानेपानी, बाह्रै महिना सडक उज्यालो

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ ले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । उक्त सार्वजनिक घोषणापत्रमा कांग्रेसले खानेपानीको न्युनतम शुल्क मिनाह गर्न पहल गर्नेदेखि उज्यालो वडा कार्यक्रम अन्तर्गत बाह्रै महिना विजुली पोलहरुमा बत्ति बाली सडक उज्यालो बनाउने योजना अगाडि सारेको छ ।

कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका कुलबहादुर खत्रीले वडाबासीका माग र आवश्यकता अनुसार योजनाहरु घोषणापत्रमा जारी गरिएको जानकारी दिए ।

उनका अनुसार वडा भित्रको रिङरोडको स्तर उन्नती गर्ने, सिँचाई सुविधाका लागि एक टोल एक बोरिङको व्यवस्था गर्ने, कृषि उत्पादनलाई वृद्घिगरि जीवनस्तर माथि उठाउन कृषकहरुलाई पानी तान्ने पम्प र विद्युतिय मोटर सहुलियतमा उपलब्ध गराउँने जस्ता योजना घोषणापत्रमा समावेश गरिएको छ ।

यस्तै, वडा भित्रका शान्तिनगर टोल, झुप्रा र वालुवाटार टोलमा विद्युत सेवा पु¥याउँने, जेष्ठ नागरिकहरुलाई बार्षिक रुपमा सम्मान गर्ने, सामाजिक सुरक्षा भत्तालाई सहजरुपमा उपलब्ध गराउँने, वडा क्षेत्रमा कम्तिमा २ वटा योग साधन केन्द्र स्थापना गर्ने, वडाका सबै टोल तथा सार्वजनिक स्थलमा इन्टरनेट सेवा सहज र शुलभ बनाउन पहल गर्ने र माछा पालन, मौरी पालन, बाख्रा पालन, पन्छी पालन तथा गाई भैसी पालनको अलग अलग समुह बनाई तालीमको व्यवस्था तथा प्राविधिक सहयोग गरिने योजनाहरु प्रतिबद्धतामा उल्लेख गरिएका छन् ।

यस्तै, नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिका–११ का सचिवालय सदस्य हरिप्रसाद कँडेलले निर्वाचन नजिकिएसँगै प्रचार–प्रसारलाई पनि तिव्र पारिएको जानकारी दिए । उनले वडाका विभिन्न टोलहरुमा पुगेर चुनवाी सभासँगै घरदैलो अभियानलाई निरन्तता दिएको बताए ।

यस्ता छन्, चुनावी प्रतिबद्धता

खानेपानी तथा सिचाईं

  • एक टोल एक बोरिङको व्यवस्था गरिनेछ ।
  • खानेपानीको न्युनतम शुल्क मिनाह गर्न पहल गरिनेछ ।
  • प्रयोगमा आईरहेको सार्वजनिक खानेपानीका कुवाहरुको स्तर उन्नति तथा संरक्षण गरिनेछ ।
  • कृषि उत्पादनलाई वृद्घिगरि जीवनस्तर माथि उठाउन कृषकहरुलाई पानी तान्ने पम्प र विद्युतिय मोटर सहुलियतमा उपलब्ध गराईने छ ।

विद्युत तथा सञ्चार

  • शान्तिनगर टोल, झुप्रा र वालुवाटार टोलमा विद्युत सेवा पु¥याईने छ ।
  • उज्यालो वडा कार्यक्रम अन्तर्गत बाह्रै महिना विजुली पोलहरुमा वत्ति वाली सडक उज्यालो बनाईने छ ।
  • वडाका सबै चोकहरुमा हाईमास लाईटको व्यवस्था गरिनेछ ।
  • ई–सेवा र वैकिङ्ग शाखाको व्यवस्था हुने छ ।
  • वडाका सबै टोल तथा सार्वजनिक स्थलमा इन्टरनेट सेवा सहज र शुलभ बनाउन पहल गरिनेछ ।

कृषि तथा पशुपालन

  • टोल समिति मार्फत अनुदानमा मल तथा विउको व्यवस्था गरिनेछ ।
  • कृषि क्षेत्रमा प्रयोग हुने औजारहरुमा ५० प्रतिशत अनुदान उपलब्ध गराईने छ ।
  • माछा पालन, मौरी पालन, बाख्रा पालन, पन्छी पालन तथा गाई भैसी पालनको अलग अलग समुह बनाई तालीमको व्यवस्था तथा प्राविधिक सहयोग गरिनेछ ।
  • पशुपालक कृषकहरुका समस्यालाई ध्यानमा राखी पशु स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिनेछ ।
  • वडा भित्रका ढोलढुङ्गा, सिमलकुना, चौकेढुङ्गा तथा चारकुने क्षेत्रलाई कृषि पकेट क्षेत्र निर्धारण गरि आधुनिक कृषि कार्यक्रम (तरकारी, फलफुल तथा पशुपालन) सञ्चालन गरिनेछ ।
  • कृषिलाई उत्पादनमुखी, आधुनिक तथा व्यावसायिक बनाउनका लागी अर्गानिक कृषि मल केन्द्रको स्थापना गरिनेछ ।

सामाजिक सुरक्षा तथा न्याय सम्बन्धी

  • गाग्रेताल वस्तिपुर देखि चौकेढुङगासम्मको क्षेत्र भित्र आवश्कताको आधारमा प्रहरी बिटको व्यवस्था गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्तालाई सहजरुपमा उपलब्ध गराईने छ ।
  • वडाको विभिन्न स्थानमा समय समयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ ।
  • वडा कार्यालयबाट भएका कार्यक्रमहरुको सामाजिक लेखा परीक्षण गरिने छ ।
  • वडा कार्यालयबाट प्रवाह हुने नियमित सेवासुविधाहरुलाई प्रभावकारी तथा जनमैत्री बनाइने छ ।
  • महिलाहरुका लागि वितरण भईरहेको सेनिटरी प्याड तथा स्वास्थ्य सामाग्रीहरु टोल समिति मार्फत वितरण गर्ने व्यवस्था गरिने छ ।
  • वडा क्षेत्रका चोकहरुमा चौतारा बनाईने छ । आवश्यक ठाउँमा वृक्षारोपण गरिने छ ।
  • वडाको उपयुक्त स्थानमा कम्तिमा दुईवटा पार्क तथा बाल उद्यानको निर्माण गरिने छ ।
  • जेष्ठ नागरिकहरुलाई बार्षिक रुपमा सम्मान गरिने छ ।

भौतिक पूर्वाधार

  • राजमार्गसँग जोडिएका उत्तर दक्षिणका सडकहरुको स्तर उन्नती गरी कालोपत्रे गरिने छ ।
  • कटिङ, नाला निर्माण तथा ग्राभेल गरी भित्री सडकहरुको स्तर उन्नती गरिनेछ । स्तर उन्नती गर्दा नगरपालिकाको सडक मापदण्डको पालना गरिनेछ ।
  • वडा भित्रको रिङरोडको स्तर उन्नती गरिने छ ।
  • वडा भित्र कम्तिमा २ स्थानमा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरिनेछ ।
  • वडा भित्रका चार वटा स्थान (गाग्रेताल, धूलियाबिट, सूब्बाकुना र चारकुने) मा खुल्ला व्यायामशाला निर्माण गरिनेछ ।
  • नेवारे खोला तथा गाग्रेताल नारामा तटबन्धन तथा आवश्यकता अनुसार पक्की पूल निर्माण गरिनेछ ।
  • वालूवाटार वस्तिमा पुग्ने सडक निमार्ण गरिनेछ ।
  • छाडा पशुचौपाया नियन्त्रण तथा संरक्षणका लागी व्यवस्थित गौशाला निर्माणमा पहल गरिनेछ ।

शिक्षा तथा स्वास्थ्य

  • पूर्व प्राथमिक तहका कक्षाहरुलाई शैक्षिक सामग्री लगायत भौतिक पूर्वाधारले सम्पन्न गरिने छ ।
  • विद्यार्थीहरुको निःशूल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ ।
  • विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्रीको उचित व्यवस्थापन गरिने छ ।
  • अति गरिव तथा विपन्न विद्यार्थीलाई निःशूल्क पोसाकको व्यवस्था गरिने छ ।
  • सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यामबाट पठनपाठनलाई प्रोत्साहन गरिने छ । साथै आ–आफ्नो मातृ भाषाको संरक्षणको नीति लिइने छ ।
  • सामुदायिक विद्यालयहरुमा अध्ययनरत कमजोर विद्यार्थीहरुका लागि निःशूल्क अतिरिक्त कक्षा संचालन गर्न विद्यालयहरुलाई प्रोत्साहन गरिने छ ।
  •  वडावासीलाई छिटोछरितो स्वास्थ्य संस्थामा पुग्नका लागि एम्बुलेन्सको सहज व्यवस्थापन गरिने छ ।
  • वडा क्षेत्रमा कम्तिमा २ वटा योग साधन केन्द्र स्थापना गरिने छ ।
  • वडा भित्र रहेका धार्मिक स्थलहरुको संरक्षण तथा संवद्र्धन गरिने छ ।
  • वडा क्षेत्र भित्र कम्तिमा २ वटा सार्वजनिक पुस्तकालयहरुको स्थापना गरिने छ ।
  • यस क्षेत्र भित्रका युवा तथा बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वडा क्षेत्र भित्र कम्तिमा २ वटा सार्वजनिक खेलमैदानहरु निर्माण गरिने छ ।
  • युवा विद्यार्थी तथा खेलाडीका लागि आवश्यक खेलकुदका सामग्रीहरु निःशुल्क उपलब्ध गराई खेलकुदका क्रियाकलापहरुलाई प्रोत्साहन गरिने छ ।
तपाईको प्रतिक्रिया