![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । स्थानीय तहको निर्वाचन आउन अब ६ दिन बाँकी छ । चुनावको मिति नजिकिदै जादा वीरेन्द्रनगरमा नेकपा एमालेले चुनावी प्रचारलाई आक्रामक रुप दिएको छ ।
आफ्ना उम्मेदवार जिताउन एमालेका प्रदेश इन्चार्जसहित जिल्ला तहका नेताहरु घरदैलो कार्यक्रममा सहभागी भई रहेका छन् । १६ वटा वडा रहेको वीरेन्द्रनगरमा एमालेले अधिकांश वडामा घरदैलो तथा मतदाता भेटघाट सम्पन्न गरि सकेको छ ।
शनिवार (आज) एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल महिला संघ ११ नं. वडा कमिटीले वीरेन्द्रनगर–११ को पिपिरा, धुलियाविट, गाग्रेताल, वस्तीपुर, चौखेढुङ्गा, बालुवाटार लगायतका टोलमा वहृत ¥याली सम्पन्न गरेको छ । कर्णाली प्रदेशसभा सांसद पदमाकुमारी खड्काको नेतृत्वमा ¥यालीको आयोजना भएको हो । ¥यालीमा सयौ महिलाहरुको सहभागिता रहेको थियो ।
पहिलो महिला मेयर मोहनमायालाई जिताऔं लगायतका नारा लगाउदै महिलाहरु ¥यालीमा सहभागी भएका थिए । ¥याली पश्चात वस्तीपुरमा भएको कोणसभामा सांसद खड्काले देशलाई निकास दिने पार्टी एमाले भएको जनाएकी छन् ।
कोणसभालाई सम्वोधन गर्दै सांसद खड्काले राज्यका हरेक निकायमा महिलाको सहभागिता आवश्यक रहेको बताइन् । सांसद खड्काले भनिन् ‘महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भनेर देखाउन मोहनमायालाई जिताउन जरुरी छ ।
जसका लागि हजुरहरुकको अमूल्य मतको आवश्यकता एमालेलाई परेको छ ।’ महिलाले पनि अवसर पाए पुरुष सरह काम गर्न सक्छन् भन्ने उदाहरण यसअघि वीरेन्द्रनगरको उपमेयर भएर मेयर पदकी उम्मेदवार मोहनमाया ढकालले देखाई सकेको उल्लेख गरिन । खड्काले सातै सूर्यमा मत हाल्न आग्रह गर्दै भोट खेर जान नदिने वाचा समेत गरिन ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७९ बैशाख २४, शनिबार