एमाले मेयर पदका उम्मेदवार बडुवाल चढ्ने गाडीमा आगजनी

सुर्खेत । नेकपा (एमाले) दैलेख आठबीस नगरपालिका मेयर पदका उम्मेदवार चढ्ने गाडीमा आगजनी भएको छ । सोमबार बिहान ३ः१५ बजेको समयमा उक्त गाडीमा आगजनी भएको हो ।

मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ । आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको मेयर पदका उम्मेदवार बडुवाले जानकारी दिए ।

बडुवालले भने, ‘चालक गाडीभित्रै सुतिरहेको समयमा गाडीमा आगजनी भएको हो । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए । जस कारण मानवीय र गाडीमा धेरै क्षति हुन भने पाएन् ।’

घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया