दैलेखको भैरबीमा पौडी खेल्ने क्रममा डुबेर एककाे मृत्यु

दैलेख । दैलेखको भैरबी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहारी चौकी भैरबी दैलेखका अनुसार मंगलबार दिउँसो २ बजेको समयमा डुबेर मृत्यु भएको हो ।

भैरबी गाउँपालिका–२ तिप्‍तडा स्थित कुन्टे तलाउमा पौडि खेल्ने क्रममा दुल्लु नगरपालिका–८ का १८ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका उक्त तलाउमा भण्डारीसहित १२ जना युवाहरु उक्त तलाउमा पौडि खेलिरहेको समयमा भण्डारीको डुबेर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया