कर्णाली प्रदेश अस्पतालले आईतबार विदा नदिने

सुर्खेत । सरकारले आगामी जेठदेखी आइतबार पनि विदा दिने निर्णय गरेपनि कर्णाली प्रदेश अस्पतालले विदा नदिने निर्णय गरेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही दुई दिनको विदाले थप मर्कामा पर्ने भएकाले विदा नदिएर सेवा निरन्तर दिने निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिएका हुन् ।

सरकारले जेठदेखी शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशीत गरिसकेको छ । ‘लगातारको दुई दिनको विदाका कारण विकट ठाउँबाट आउने सेवाग्राही मर्कामा पर्ने देखियो,’ प्रवक्ता डा. केसीले भने, ‘गरिव निमुखा विरामीहरुलाई थप आर्थिक भार पर्ने र समयमै सेवा नपाउँदा कठिनाइ हुने भएकाले आइतबार पनि अस्पतालले सेवा प्रवाह गर्नेछ ।’ उनले परीक्षणका रुपमा जेठ १ गतेदेखी आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा विहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म यथावत रहने जनाए ।

तपाईको प्रतिक्रिया