स्थानीय तह निर्वाचन

कर्णालीमा निर्वाचनको तयारी पुरा

सुर्खेत।  कर्णालीमा निर्वाचनको तयारी पूरा भएको छ । १० जिल्ला रहेको प्रदेशमा ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम सम्पन्न भएको छ । परिचालन गरिएका कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदानस्थलमा खटिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशभर एक हजार ३ सय ८५ मतदान केन्द्र र ९ सय ७ मतदान स्थल रहेका छन् । यी मध्ये दुई सय ९८ मतदान स्थल अति संवेदनशील, ४ सय ११ संवेदनशील र एक सय ९८ वटा मतदानस्थल सामान्य रहेका छन् । प्रदेशभर पाँच हजार बढी प्रहरी, ७ हजार सात सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको छ ।

तोडफोड र झडपका घटनाहरु बढी भएका जिल्लाहरुमा सुरक्षाकर्मी बढाइएको छ । कर्णालीका हिमाली जिल्लाहरुमा भने भौगोलिक विकटताका कारण आजसम्ममा केही स्थानमा मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया