पञ्चपुरी-७ धनबोटस्थित निर्वाचनमा खटिएका प्रहरीले कुटे मतदान अधिकृत

सुर्खेत । सुर्खेतमा निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटेका छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।

भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया