मदिरा सेवनगरी मतदान अधिकृत कुटपिट गर्ने सई नियन्त्रणमा

भट्टलाई विभागीय कारबाहीका लागि छलफल हुँदै

सुर्खेत । मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक (सई) नरेन्द्रप्रसाद भट्टलाई नियन्त्रणमा लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुसार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा नियन्त्रण लगिएको हो ।

सई भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको छ । बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको स्थानीयको भनाई रहेको छ ।

यस्तै, मतदान अधिकृत झाले आफूहरुमाथि भट्टले हातपात गरेको कुरा सत्य रहेको स्पष्ट पारे । यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्ष तथा प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीमगरले कुटपिट गर्ने सई भट्टलाई बिहीबार दिउँसो मात्रै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याउन लागेको नेपालीरैबारलाई जानकारी दिए ।

डिएसपी घर्तीले नेपालीरैबारसँग भने, ‘सई भट्टलाई नियन्त्रणमा लागि विभागीय कारबाहीको लागि जिल्लातर्फ ल्याउँदै छ । भने उहाँको ठाउँमा अहिले प्रहरी नायव निरीक्षक (सई) नेत्रप्रसाद श्रेष्ठलाई खटाएका र्छौ ।’ डिएसपी घर्तीले थपे, ‘हामी विभागिय कारबाहीका लागि अनुसन्धान गर्छौ त्यसको लागि छलफल हुँदै छ । उहाँ निलम्बनमा पनि पर्न सक्नु हुन्छ । अन्य कुनै कारबाही पनि हुनसक्छ साँझसम्म सबैले थाहा पाउँनु हुन्छ ।’

तपाईको प्रतिक्रिया