बिहानैदेखि मतदाता लाइनमा [फोटो फिचर]

सुर्खेत । आज स्थानीय तह निर्वाचन देशभर मतदानमा सहभागी हुन मतदाताहरू लाइन लागेका छन्। आगामी पाँच वर्षका लागि स्थानीय सरकारका प्रतिनिधि चुन्न मतदाता बिहानैदेखि लाइनमा लागेका हुन्। स्थानीय सरकारको बागडोर सम्हाल्न विभिन्न ६५ दलका तर्फबाट र स्वतन्त्र गरी एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

यो निर्वाचनबाट ७५३ वटै पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र ६ हजार ७ सय ४३ वडाका वडाध्यक्ष चयन हुँदैछन्। यस्तै ६ हजार ७ सय ४३ वडाका लागि दलित महिला सदस्य, त्यति नै संख्याका महिला सदस्य र १३ हजार ४ सय ८६ जना वडा सदस्य (खुला) गरी कुल ३५ हजार २२१ जना प्रतिनिधि चयन हुँदैछन्। उनीहरूलाई मत दिन पाउने अधिकारप्राप्त नागरिकको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

तपाईको प्रतिक्रिया