सुर्खेतका विभिन्न मतदान केन्द्रमा मतदान जारी

सुर्खेत । आज स्थानीय तहको निर्वाचन जारी रहेकाे । देश संघीयतामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । देशभरको ७५३ वटा स्थानीय तहसँगै सुर्खेतका ९ वटै पालिकामा एकैपटक निर्वाचन हुँदैछ । पाँचवर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता पनि उत्साहित देखिएका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानको लागि मतदाताहरू बिहानै पाँच बजेदेखि मतदानस्थल पुगिसकेका थिए । दिउँसो धेरै भीड हुने र पानी पर्ने जस्ता समस्या आउने भएको हुँदा पनि बिहानै ५ बजेबाटै मतदान केन्द्रमा मत हाल्न मतदाता लाइनमा उभिएकोे उनीहरुको भनाइ छ । सुर्खेत जिल्लाभर २९१ मतदान केन्द्र र १३८ वटा मतदान स्थल रहेका छन् भने कुल मतदाता दुई लाख ३८ हजार चार सय ५७ रहेका छन् ।

जसमा महिला एक लाख २२ हजार एक सय २१ र पुरुष एक लाख १६ हजार तीन सय ३६ रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतका नौ स्थानीय तहका लागि प्रमुख र अध्यक्षमा ६१ जनाको उम्मेदवारी दर्ता हुँदा उपप्रमुख र उपाध्यक्षमा ५२ जनाले उम्मेदवारी दिएका छन् । ९९ वडा रहेको सुर्खेतमा चार सय ६० जनाले वडाध्यक्ष, तीन सय ८६ महिला सस्यमा, तीन सय ४० दलित सदस्य र सात सय ८५ खुला सदस्य चुनावी मैदानमा छन् ।

 

तपाईको प्रतिक्रिया