आठबीसको जनज्योती मतदान केन्द्रमा नौ सय मत खस्यो

सुर्खेत । दैलेखको आठबीस नगरपालिका–४ मा रहेको मतदान केन्द्र जनज्योतीमा मा.विमा करिब नौ सय भन्दा बढी मत खसेको छ ।

आठबीस नगरपालिका–४ मा रहेको जनज्योती मा.वि राकम कर्णालीको मतदान केन्द्रमा बिहानदेखि साढे २ बजेसम्म नौ सय बढीले मतदान गरेका हुन् ।

उक्त मतदान केन्द्रमा मतदान गर्ने एक हजार सात सय १६ जना मतदाता रहेका छन् । यस्तै, हालसम्म शान्त र भयरहित वातावरणमा मतदान प्रक्रिया जारी रहेको निर्वाचन पर्यवेक्षक जिवराज रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया