मतदानकाे समय समाप्त !

सुर्खेत । स्थानीय निर्वाचनअन्तर्गत देशभरका ७५३ पालिकामा भएकाे मतदान सम्पन्न भएकाे छ ।

निर्वाचन आयोगका अनुसार देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । देशभर कति प्रतिशत मत खस्याे भन्नेबारे आयोगले तथ्यांक सार्वजनिक गरिसकेकाे छैन ।

आयोगले सकभर आजै साँझबाट मतगणना कार्य थाल्ने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया