बराहतालमा हावाहुरीका कारण ढलेको रुख लागेर पुरूषकाे मृत्यु

सुर्खेत । स्थानीय तहको निर्वाचनमा मतदान गरी घर फकर्दै गर्दा सुर्खेतको बराहताल गाउँपालिका–२, रानिघाटमा हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिव २ बजेको समयमा सोही ठाउँको माथिल्लो रानिघाटमा हावाले भाचेको रुख लागेर बराहताल–२ गिरीघाटका ६८ वर्षीय लालबहादुर पुलामीको घटना स्थलमै मृत्यु भएको हो ।

पुलामी बराहताल–२ कै रानिघाटमा रहेको भेरी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाली घर फर्कदै थिए । पुलामी २०७१ मा भेरी नदिमा आएको बाढिबाट विस्थापित भएर गिरीघाटमा बस्दै आएका थिए ।

उनी हिजोमात्र मतदानका लागि एक पार्टीको गाडि चढेर रानिघाट गएका थिए । शुक्रबार आएको भिषण हावाहुरीसहित परेको पानीले वीरेन्द्रनगरमा पनि ठुलो क्षती भएको छ । हावाका कारण सुर्खेत लगायत कर्णालीका ६ जिल्लामा विधुत सेवा अवरुद्ध भएको छ ।

कोहलपुर–सुर्खेत खण्डमा करिव पोल ढलेका छन्, भने इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । हुरीले वीरेन्द्रनगर–६, बुद्धपथमा रहेको रेडियो सुर्खेत एफएमको टावर तथा वजार क्षेत्रका विभिन्न ठाउँमा विद्युतका पोलहरु र घुम्ती पसलहरुमा क्षती पु¥याएको छ ।

तपाईको प्रतिक्रिया