सुर्खेतको एक मतदान केन्द्रमा मतदान स्थगित

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । सिम्ता गाउँपालिका–१ खनेटा स्थित भगवति माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो ।

मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाईएको भन्दै दलका कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । सापकोटाले थप सुरक्षा व्यवस्था थप कडा नगरेसम्म मतदान सुचारु गर्न नसकिने बताएका छन् भने निर्वाचन आयोगले निर्णय गरेर मात्रै पून मतदान हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया