दैलेखको ठाँटीकाँध–३ मा तीनदलका कार्याकर्ताबीच झडप, मतदान स्थगित

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–३ मा रहेको नेराआ मावि धामिगाउँ मतदान केन्द्रमा तीनदलका कार्याकर्ताबीच झडप भएको छ । शुक्रबार दिउँसो तीन बजेको समयमा माओवादी र कांग्रेसका कार्याकर्ता मिलेर एमालेका कर्याकर्तालाई कुटपिट गरेका छन् ।

नेकपा माओवादी केन्द्रका ठाँटीकाँध गाउँकमिटि अध्यक्षकी भान्जीले फर्जी मत गरेपछि विवाद भएको हो । एमालेका कार्यक्रर्ताले उक्त फर्जी मत नहाल्लन भनेपछि माओवादीका कार्याकर्ताले एमालेका कार्याकर्तासँग विवाद गरेका हुन ।

उक्त झडपलाई नियन्त्रणमा लिन खोज्दा एमाले ठाँटीकाँध गाउँकमिटि अध्यक्ष कुमारविक्रम शाहीमाथि हतियार प्रहार गर्ने प्रयास गरेका छन् । नेपाली कांग्रेसका एक कार्याकर्ताले एमाले गाउँ कमिटि अध्यक्ष शाहीलाई हतियार प्रहार गर्न खोज्दा उनी तर्किएर जोगिएका स्थानीयले बताए ।

उक्त मतदान केन्द्रमा जम्मा १०६२ मतदाता थिए भने सात सय मात्रै मत खसेको छ । उक्त कार्याकर्ताबीच विवाद भएपछि एमाले कर्याकर्ता प्रकाश शाही, लोकेन्द्र शाही लगायतका कार्याकर्ता घाइते भएका छन् ।

उक्त मतदान केन्द्रमा जम्मा १०६२ मतदाता थिए भने सात सय मात्रै मत खसेको छ । उक्त कार्याकर्ताबीच विवाद भएपछि एमाले कर्याकर्ता प्रकाश शाही, लोकेन्द्र शाही लगायतका कार्याकर्ता घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया