हावाहुरीले विद्युत पोलमा क्षती पुर्याउँदा सुर्खेतमा विद्युत अवरुद्ध

सुर्खेत । शुक्रबार दिउँसो दुई बजेतिर आएको भिषण हावाहुरीका कारण सुर्खेतको विद्युत अवरुद्ध भएको छ । वीरेन्द्रनगर ल्याइएको ३३ केभी प्रशारण लाइनमा रुख ढलेर तार र पोलमा क्षती भएपछि विद्युत अवरुद्ध भएको हो ।

प्रशारण लाइनको छिन्चुसम्म विद्युत सुचारु रहेको र रामघाट–वीरेन्द्रनगर क्षेत्रमा ठूलो क्षतीहुँदा मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावतले जानकारी दिए । उनले विद्युत नियमित गर्न प्राविधिकहरुको तीन टोली खटिए पनि रात परेपछि काम गर्न कठिन भएको बताए ।

मुख्य लाइनमा पनि हावहुरीले क्षती पुगेको छ भने वीरेन्द्रनगर क्षेत्रमा एक सय बढी पोल रुखले ढालेको केन्द्रका प्रमुख रावतले उल्लेख गरे । केन्द्रकाअनुसार वीरेन्द्रनगरसम्म आजै विद्युत ल्याउने प्रयास भइरहेकाे छ । विद्युत अवरुद्धहुँदा सुर्खेत, दैलेख, कालिकोट र जुम्ला जिल्लाको विद्युत सेवा प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया