पञ्चपुरीमा एमालेको अग्रता, पछिपछि कांग्रेस

सुर्खेत । स्थानीय तह निर्वाचन–२०७९ को मतगणना सुर्खेतको पञ्चपुरीमा जारी रहेको छ । नगर प्रमुखका एमालेले अग्रता लिएको छ भने कांग्रेस पछिपछि आएको छ ।

हाल सम्म ६०० मत गणना हुँदा एमालेका उम्मेदवार धन बहादुर थापाले ३१७ मत प्राप्त गरेका छन् भने कांग्रेसका लालवीर भण्डारीले २११ मत प्राप्त गरेका छन् ।

यस्तै, उप–प्रमुखमा एमालेकी दुर्गाकुमारी जैसीले ३०० मत र मुक्तिदेबी रेग्मीले २२६ मत प्राप्त गरेकी छन् ।

हाल पञ्चपुरी नगरपालिका–१ को मतगणना भईरहेको छ ।

तपाईको प्रतिक्रिया