वीरेन्द्रनगरमा ११ बजेदेखि मतगणना शुरु हुने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

गएराती राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलिय बैठक बस्न सकेन् ।

बिहानदेखि जारी सर्वदलिय बैठकदे ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन्।

मतगणना वीरेन्द्रनगरको सिटी हलमा हुने बताइएको छ । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्।

नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ७२.०४ प्रतिशत०ले मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया