विष्णु रिजालको गृह पालिका भैरवीमा मतगणना शुरु

सुर्खेत । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृह पालकिा भैरवी गाउँपालिकामा मतगणना शुरु भएको छ । भैरवी गाउँपालिकामा आज विहान १० बजेर १० मिनेटबाट मत गणना शुरु भएको हो ।

वडा नम्बर १ बाट मतगणना शुरु गरिएको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार दुई ठाउँमा मत गणनाको व्यवस्था मिलाइएको छ । ७ वडा रहेको भैरवीमा शुक्रबार भएको मतदानमा आठ हजार ९८८ मत खसेको थियो । यो पालिकामा कुल १२ हजार ९३१ मतदाता थिए ।

तपाईको प्रतिक्रिया