जुम्लाको तातोपानीमा–१ मा मत संख्या फरक परेपछि मतगणना स्थगित

जुम्ला । मतपत्र बढि देखिएपछि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ मा मतदान रोकिएको छ । गणक र पार्टीका प्रतिनिधिले टिपेको मत संख्यामा फरक परेपछि मतगणना रोकिएको तातोपानी गाउँपालिकाका निर्वाचन अधिकृत सरोजराज रेग्मीले जानकारी दिए ।

निर्वाचन अधिकृत रेग्मीले भने, ‘सातसय खसेको मतमा नेकपा माओवादीको मत संख्या कम देखाईएको भन्दै विवाद उत्पन्न भएको हो । अहिले सर्वदलिय बैठक बसी रहेको छ । स्थगित मतगणना सर्वदलीय बैठकको निर्णय पश्चात पुनः सुरु हुने छ ।’

यस्तै, तातोपानीमा नेपाली कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा देखिएको छ । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ४५१ मत गणना हुँदा १८३ मतका साथ अग्रता लिएका हुन् । मेयरमा माओवादीका जीवन बुढ्थापाले ८९ र कांग्रेसका पदमबहादुर शाहीले ८३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले १५६ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । माओवादीकी पूर्णिमा विकले १०५ मत पाएको मुख्य निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया