दुल्लु-१ मा एमालेको प्यानल विजयी

सुर्खेत । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न मतदानबाट दुल्लु नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ ।

एमालेका तर्कबहादुर खड्का पाँचसय ९७ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस उम्मेदवारले तीन २५ मत प्राप्त गरे । यस्तै, मेयरमा पनि एमाले जित नजिक पुगेको छ ।

१५० मत गणना गर्न बाँकी रहदा मेयर पदका उम्मेदवार रुद्ध शाहीले पाँच सय ४२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने, उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले तीनसय ८० मत प्राप्त गरेका छन् । शाही र कांग्रेस उम्मेदवार बीच दुई सयको मतान्तर रहेको छ ।

प्रमुख
एमाले ५४२
कांग्रेस ३८०

उपप्रमुख
एमाले  ५३६
कांग्रेस २८०

विजयी प्यानल
वडा अध्यक्ष ५९७
वडा महिला सदस्य ५४६
दलित महिला सदस्य ५३९
सदस्य ५५६
सदस्य ५३४

तपाईको प्रतिक्रिया