डोलपाको त्रिपुरासुन्दरी नगरपालिकामा माओवादीको अग्रता

सुर्खेत । डोलपाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अग्रता लिएको छ । हाल सम्म भएको मतगणना अनुसार माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार दिलबहादुर बिस्टले ३६६ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोग नेपालका अनुसार नेपाली काँग्रेसका चन्द्रलाल धरालाले विष्टलाई पछ्याई राखेका छन् । घरालाले १७२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेबाट त्रिपुरासुन्दरीको मेयर पदका उम्मेदवार जन चन्द्र रोकायाले १४५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्री काली चलाउनेले अग्रता लिएकी छन् । उनले हालसम्मको मतगणानाकाे परिणाम अनुसार २२१ मत प्राप्त गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की देवी घर्तीले १७४, नेपाली काँग्रेसकी शावित्री पहाडी १७२ र नेकपा (एकिकृत समाजवाद)का छक्कबहादुर धराला ७६ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया