रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ को वडाध्यक्षसहित सबै स्वतन्त्र उम्मेदवार निर्वाचित

सुर्खेत, वैशाख ३१। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

स्वतन्त्र रुपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार लक्षमन ओलीले ४१७ मत ल्याएका छन्।

अरु चार जना सदस्यमा पनि स्वतन्त्र नै निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया