१८ घण्टा वित्दा पनि प्राधिकरणले भेटाएन फल्ट, वीरेन्द्रनगरकाे आधा क्षेत्रमा नो लाइट

सुर्खेत । शुक्रबार दिउँसाे २ बजे आएको हावाहुरीका कारण वीरेन्द्रनगरमा विद्युत सेवा प्रभावित बन्याे । विद्युतकाे मुख्य प्रशारण लाइनमा हावाहुरीले रूख ढाल्दा विद्युतका पाेलहरूमा क्षती पुर्याउदा विद्युत अवरूद्ध भएकाे हाे ।

वीरेन्द्रनगरमा अवरूद्ध भएकाे विद्युत सेवा १५ घण्टापछि सुचारू भयाे । तर वीरेन्द्रगरकाे इत्राम र बुद्धपथ लाइन लगायतकाे केही क्षेत्रमा शनिवार विहानैबाट सुचारू भएपनि वीरेन्द्रनगरका अन्य क्षेत्रमा अझै सुचारू भएकाे छैन् ।

विद्युतकाे बुलबुले फिडर अन्तरगत बजार क्षेत्र, लाटीकाेइली, मंगलगढी चाेक, यरिचाैक, तातापानी, भैरवस्थान, रेडियाे नेपाल, वाँगेशीमल लगायतका क्षेत्र १८ घण्टादेखी विद्युतविहिन छन् ।

१८ घण्टा बित्दासमेत विद्युत नियमित हुन सकेको छैन । लामाे समयसम्म वीरेन्द्रनगरकाे बाँकी क्षेत्रमा विद्युत सेवा किन अवरुद्ध भन्ने नेपालीरैवारको प्रश्नमा सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले बुलबुले फिडरदेखि पश्चिम क्षेत्र बाङ्गेसिमलसम्म विभिन्न क्षेत्रमा हावाहुरीले पाेलमा क्षती पुर्याएकाले कुन ठाउँमा समस्या छ भनेर अझै पत्ता नलागेको बताए ।

प्रमुख रावतले भने ‘हामी अहिले पनि फिल्डमै खटिएका छौं, कहाँ समस्या भएको छ त्यो पत्ता लागेको छैन । सकेसम्म आजै रातिसम्म विधुत सेवा नियमित गर्ने गरी लागि परेका छौं ।’

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा १८ घण्टा बित्दा पनि समस्या कहाँ छ भनेर पत्ता लाग्न नसक्नु विद्युत प्राधिकरण सुर्खेत उदासिन बनेकाे स्थानीयकाे आराेप छ । भौगोलिक हिसावले सुगम वीरेन्द्रनगरमा विद्युत सेवा नियमित गराउन नसक्नु प्राधिकरणकाे लापरवाही देखिएकाे सेवाग्राहीकाे गुनासाे छ ।

तपाईको प्रतिक्रिया