दैलेखको भैरवी २ काे वडाध्यक्षमा काँग्रेसबाट थापाको प्यानल विजयी

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट मिनबहादुर थापाको प्यानल विजयी भएको छ । वडाध्यक्षमा थापाले ५११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोपाल रिजालले ३३३ र नेकपा एमालेका विमला थापाले २९६ मत ल्याएर पराजित भएका छन् ।

खुला सदस्यमा टोपबहादुर थापा ५४१, कलम थापा ५४३, महिला सदस्य रत्नाकुमारी थापा भण्डारीले ५१४ र दलित महिला सदस्य पूर्णकला सार्कीले ५१९ मत ल्याएर विजयी भएका छन् ।

वडाध्यक्षमा विजयी थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका हरिबहादुर थापासँग पराजित भएका थिए । काँग्रेसका गढ मानिने भैरवी गाउँपालिकाको वडा नम्बर दुईमा २०७४ मा काँग्रेसभित्रै वागी उम्मेद्वारी दर्ता गराएका झक्कबहादुर थापाका कारण उनले निर्वाचनमा पराजित भएका थिए । यसअघि वडा नम्बर २ को अध्यक्षमा एमालेका हरिबहादुर थापासँग ३३ मतले पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया