दैलेख नौमुलेमा गठबन्धनका सुवेदी विजयी

सुर्खेत । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनले तीन हजार दुई सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच सय ४४ मत प्राप्त गरेका छन् भने एमालेका शशिराम विश्वकर्माले एक हजार नौ सय २० मत ल्याए ।

यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार चार सय ५ र एमालेकी गीता चन्दले एक हजार नौ सय १८ मत प्राप्त गरिन् । नौमुलेमा माओवादी र समाजवादीको गठबन्धन थियो ।

तपाईको प्रतिक्रिया