स्थानीय तह निर्वाचन–२०७९ अपडेट

सुर्खेतका विभिन्न वडाहरुकाे मतगणना जारी

सुर्खेत । सुर्खेतमा मतगणनाको दोस्रो दिन पनि शान्तिपूण मतगणनाको कार्य जारी छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा मतगणना भई रहदा वीरेन्द्रनगरमा गठवन्धन दल कांगेस-माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

६ हजार दुई सय ८१ मत गणना हुँदा वीरेन्द्रनगरमा नेकपा एमाललेकी उम्मेदवार मोहनमाया ढकालले २५८६ मतले अगाडि छन् । यस्तै गठवन्धनका उम्मेदवार उपेन्द्रबहादुर खड्का २५५८ मत प्राप्त गरेका छन् । ९ वटा स्थानीय तहमा ९९ वडा रहेको सुर्खेतमा ९० वटा वडामा मतगणना जारी छ । ९ वडा रहेको पूर्वि सुर्खेतको सिम्ता गाउँपालिकामा भने मतदानका क्रममा फर्जि मत फेला परेपछि मतदान स्थगित भएको छ ।

सिम्तामा भोली पुनः मतदान हुने निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको । अन्य वडामा मतगणना जारी रहदा मत परिणाम सार्वजनिक भइ रहेको छ । सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले ७ वटा वडामा विजय हाँसिल गरेको छ, भने नेकपा एमालले ६ वडामा जित हात पारेको छ ।

यस्तै, नेकपा माओवादीले ३ वडामा आफ्नो प्यानलसहित जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया