हुम्ला ताँजाकोटको अध्यक्षमा माओवादीका जैसी विजयी

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् ।

जैसीले १८१० मतसहित विजयी भएका हुन् । जैसीले प्रतिद्वन्दी नेकपा एमालेका अजमल बुढालाई पारजित गर्दै अध्यक्षमा नर्वाचित भएका हुन् । बुढाले ९९५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मत ल्याएर निर्वाचित भएका छन् । थापाले प्रतिद्वन्दी एमालेका रूपचन्द्र ऐडीलाई हराएका हुन् ।
ऐडीले ४७७ मत ल्याएका छन् ।। ताँजाकोटमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको हो ।

वडामा को–को भए निर्वाचित?

वडा नम्बर १ मा मोहनलाल रिठाल–नेकपा (माओवादी केन्द्र) २२३
वडा नम्बर २ मा अजबिर्या खटीक–नेकपा (माओवादी केन्द्र) २२८
वडा नम्बर ३ मा राजेन्द्रबहादुर शाही–नेकपा एमाले ४०८
वडा नम्बर ४ मा राजबहादुर बोगटी–नेकपा (माओवादी केन्द्र) ४०७
वडा नम्बर ५ मा मंगल नेपाली–नेकपा (माओवादी केन्द्र) ३०६

तपाईको प्रतिक्रिया