ठाँटीकाँध–३ मा कांग्रेसले भत्कायो एमालेको गढ

सुर्खेत । एमालेको गढ मानिने दैलेखको ठाँटीकाँध गाउँपालिका–३ मा कांग्रेस निर्वाचित भएको छ । आइतबार भएको मतगणनामा एमालेको गढ मानिने ठाँटीकाँध–३ मा कांग्रेसको प्यानल नै निर्वाचित भएरको हो ।

नेपाली काँग्रेसका भरतबहादुर बमले ६२२ मत ल्याएर निर्वाचित भएका छन् । बमले नेकपा (एमाले)का जयबहादुर शाहीलाई हराउँदै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । एमालेका शाहीले ४५१ मत मात्रै प्राप्त गरेका छन् ।

निर्वाचन आयोग नेपालका अनुसार वडा सदस्यमा नेपाली कांग्रेसकै डिलबहादुर शाहीले ५४० र नामबहादुर शाही ५१० मत, वडा महिला सदस्यमा पवित्रा गौतमले ५०५ र दलित महिला सदस्यमा प्रेमा कामीले ५२० मत ल्याएर निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया