वीरेन्द्रनगरको मेयरमा काँग्रेसको अग्रता कायमै

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता कायमै छ। ११ हजार ३६० मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ४७०९ मत ल्याएका छन्।

एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ४५८९ र राप्रपाका मुकुन्दश्याम गिरीले१९०३ मत पाएका छन्।

उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ५३८९ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार माओवादीका शान्ति ढकालले ३४४१ मत ल्याएकी छन्।

facebook sharing button
तपाईको प्रतिक्रिया